‘बब दाइ’मार्फत कमब्याक गर्दै ‘मोक्ष’ निर्देशक, मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौं । आठ वर्षअघिको हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठले अर्को फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले नेवारी संस्कृतिमा आधारित फिल्म ‘बब दाइ’ निर्माण गर्ने भएका छन् । फिल्मको प्रमुख भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ । अहिले मदनकृष्णले फिल्मको पटकथा अध्ययन गरिरहेका छन् ।

महजोडीका अर्का अभिनेता हरिवंश आचार्यलाई प्रस्ताव गर्ने वा नगर्नेबारे निधो भइनसकेको निर्माता मानन्धरले जानकारी दिए । हरिवंशका छोरा मोहितवंशले पनि बुवालाई ‘अप्रोच’ नगरिएको जानकारी दिए ।

‘मदनकृष्ण फाइनल हुनुभयो भने हरिवंशलाई पनि प्रस्ताव राख्छौं । अहिले अन्य कलाकारबारे निधो भइसकेको छैन,’ निर्माता मानन्धरले अनलाइनखबरसँग भने । कीर्तिपुरको नेवारी संस्कृतिको कथावस्तु पेस गर्ने ‘बब दाइ’ कमेडी जनरामा बन्ने जनाइएको छ ।


सन् २०१४ को फिल्म मोक्षबाट प्रवीण एकाएक चर्चित निर्देशकमा स्थापित भएका थिए । यसको आठ वर्षपछि अब फिल्म ‘बब दाइ’मा दर्शकले उनको निर्देशकीय कला हेर्न पाउने भएका छन् । फिल्मको छायांकन मार्चदेखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्