जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहायता दिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

काठमाडौको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको आज शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन् ।

सरकारले क्यान्सर, मृगौलालगायतका रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने उनको प्रतिवद्धता छ ।

उनले उपचारको अभावमा जलनमा परेकाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा सरकारले उपचारका लागि केन्द्र स्थापना गरेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्