नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् ।

मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउका छन् । उनले नेपालका बैंक वित्तिय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे । 

उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताए । उनले सबै खालले वित्तिय संस्थाहरुको तथ्यांकहरू बलिया हरेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए । उनले पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको बताए । 

उनले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए । उनले बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताए । बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । 

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावको कारणले बच्नको लागि सहयोग पुगेको अवस्था छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि,प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ । यसरी समग्रमा बैंक तथा वित्तिय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्थाहरु र वित्तिय क्षेत्र सुरक्षित छ । सानोतिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं । राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको सिथिलता समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसको लागि उद्योगी व्यवसायी र बैंकर्सहरु उच्च मनोवलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ ।’

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताए । उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको बताए । 

राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ अर्ब रुपियाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्