गभर्नरले भने, ‘ब्याजदर घट्दैन, मौद्रिक नीति कसिलो हुनु स्वाभाविक’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीको अपेक्षाअनुसार तत्काल ब्याजदर नघट्ने बताएका छन्‌ । नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अधिकारीले ब्याजदर क्रमिक रूपमा मात्र घट्दै जाने बताएका हुन्‌ ।

निजी क्षेत्रले कसिलो मौद्रिक नीति ल्याएर आर्थिक गतिविधिमा अवरोध निम्त्याएको आरोप लगाइरहँदा गभर्नर अधिकारीले त्यसको पनि प्रतिवाद गरेका छन्‌ । ‘मौद्रिक नीति कसिलो हुनु स्वाभाविक हो । हाम्रो मूल्य स्थिति मनलाग्दी छ । जस्ले जति मूल्य राख्दा पनि हुन्छ जस्तो गरिएको छ,’ गभर्नरले भने, ‘विभिन्न अप्ठेरोका बाब्जुद पनि राम्रा कुरा पनि धेरै छन् । तर ती ओझेलामा परेका छन्‌ ।’ 

व्यवसायिक शिथिलता निम्तनुमा विभिन्न कारण रहेको गभर्नरले दाबी गरे । तर, केही क्षेत्रमा समस्या आयो भन्दैमा सबै क्षेत्रमा नराम्रो छ भन्न नहुने उनको तर्क छ । नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको पनि गभर्नरले बताए । 

अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा तरलता पर्याप्त छ । बैंकमा अहिले खराब कर्जाको मात्र समस्या हो  । तर त्यति ठूलो जोखिम भने छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्