एनसेलबाट मलेसियन कम्पनी आजियाटा बाहिरीयो

काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाको ८० प्रतिशत शेयर बजेर नेपालबाट बाहिरीएको छ । ५ करोड अमेरिकी डलर अर्थात ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बचेर नेपालबाट मलेसियन कम्पनी बाहिरीएको छ । आजिआटाले आफ्नो शतप्रतिशत शेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । 

सन् २०२९ सम्म मात्र मोबाइल लाइसेन्सको अवधि रहेको र नेपालमा व्यवसायीक वाताररण विग्रदै गएको भन्दै नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको करिब ३४ अर्ब रुपैयाँ ऋण रहेको छ । भने सरकारले लगाएको दोहोरो करको विवाद समेत अझै बाँकी नै रहेको छ । 

दूरसञ्चार नियमावली २०५४ को नियम १५ ९८ बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिले शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क)बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले सेयरधनीको सेयर खरिद(बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसअनुरूप गर्नरगराउन प्राधिकरणले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?