कर बक्यौता विवादले देशभर इन्टरनेट अवरुद्ध

काठमाडौँ : नौ महिनादेखि ‘ब्यान्डविथ’ खरिदबापतको भुक्तानी रोकिएपछि भारतीय कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकका इन्टरनेट काटिदिएका छन् ।

इन्टरनेट काटिएपछि बिहीबार अपराह्नदेखि एकाएक नेपालका प्रमुख ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा प्रदायकले दिँदै आएको इन्टरनेट अवरुद्ध वा अत्यन्तै सुस्त हुन पुगेको छ । 

भारतीय ‘अपस्ट्रिम’ प्रदायकले नेपालतर्फ लिंक काटिदिएपछि नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले सेवाग्राहीलाई इन्टरनेट अवरुद्ध भएको मात्र जानकारी गराए पनि चुरो भने सरकारले दाबी गर्दै आएको मर्मतसम्भार शुल्कको कर बक्यौतासम्बन्धी विवाद हो । बिहीबार साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्तिमार्फत उपभोक्ताबाट अग्रिम संकलन गरेको महसुल कानुनबमोजिम सरकारलाई बुझाउनै पर्ने अडान गरेसँगै यो विवाद थप लम्बिने देखिएको छ ।

केही समययता नेपालका आईएसपीहरूले भारतीय कम्पनीलाई ‘ब्यान्डविथ’ खरिदबापतको रकम भुक्तानी गर्न नसकेकाले कुनै पनि समयमा इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिँदै आएका थिए । हाल वर्ल्डलिंक, सुबिसु, भायानेट, टेकमाइन्ड्सजस्ता प्रमुख सेवा प्रदायकको नेटवर्क चलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्