सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

काठमाडौं  : नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा ९ वर्ष कैद र २३ करोड बढी  जरिवानाको फैसला सुनाइएको छ। पेमेन्ट गेटवे प्रकरणमा गत वैशाख ७ गते सुनील दोषी ठहरिएका थिए। उनलाई अदालतले आज सजाय निर्धारण गरेको हो। 

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको हो। अदालतले यही वैशाख ७ मा पौडेललाई दोषी ठहर गरेको थियो।

अदालतले आज सजाय निर्धारण गरेको हो। सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए। अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वभाविक लागत तयार गरी स्वीकृत गराएर रु २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तबरले हानि-नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्