सन्दीप लामिछाने प्रकरणमा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरणमा आफूलाई मुछेकोका आपत्ति जनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले आफ्नो चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आरोप लगाइएको भन्दै बुधबार साँझ सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।