राइटपाथद्वारा देशभर ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’आयोजना गर्दै

कृष्णानन्द भट्ट 

काठमाडौँ। पुतलीसडकमा रहेकोे  शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले वैशाख २९बाट जेठ ८ गतेसम्म अर्थात ११ दिनसम्म देशभर ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ। 

लामो समयदेखि विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्दै आएको यो कम्पनीले काठमाडौँबाट कनक्लेव शुरुआत गरि देशका विभिन्न मुख्य सहरमा आयोजना गर्ने भएको हो। 

एक पत्रकार सम्मेलनको आयोजना गरी वैशाख २९ काठमाडौँ, ३१ गते  धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ आयोजनाको तालिका रहेको छ। 

राइटपाथका अनुसार कन्क्लेभका अवसरमा आवेदन प्रक्रिया एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुटको अफर समेत रहेको कम्पनीले जनाएको छ। त्यसैगरी फ्रि मुभी टिकेट तथा आकर्षक उपहारको व्यवस्था गरेको छ।  

 संयुक्त राज्य अमेरिका ९यूएसए० लक्षित गरेर २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजारको कोर्ष दुई हजार एकासी मै पूरा गर्न सक्ने बताएको छ। 

कन्क्लेभका अवसरमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकले ख्याति प्राप्त विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले सहजै आफ्नो कुरा शेयर गर्न सक्ने जनाएको छ। 

राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप्स डिसीले ‘युनिभर्सिटीका रिप्रिजेन्टेटिभबाट विद्यार्थीले सत्यतथ्य कुराको जानकारी पाउन सक्ने बताउदै उनले विद्यार्थीलाई यस्ता अन्तरक्रियाले ठुलो मदत हुने बताएका छन्।  

उनले विद्यार्थीलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकिएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने बताए। वैशाख ३० गतेसम्मको अफरलाई आगामी जेठ ८ गतेसम्म बढाईएको बताएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्