वैशाख मसान्तसम्म निर्जीवन बिमा कम्पनीको ३३ अर्ब बढी बिमा शुल्क संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीहरूले  ३३ अर्ब रुपैयाँ बढी बिमा शुल्क सङ्कलन गरेका छन् ।

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्ममा ४ वटा लघु बिमा कम्पनीसहित १८ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल ३३ अर्ब ६ करोड ८७ लाख ५६ हजार रुपैयाँ बिमा शुल्क सङ्कलन गरेका हुन् ।

नेपाल बिमा प्राधिकरणको अनुसार यस अवधिमा कुल जारी बिमालेखको सङ्ख्या २४ लाख ७८ हजार ७२७ रहेको छ । कुल बिमा शुक्लमध्ये ४ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा १९ करोड ३९ लाख रुपैयाँ मात्र रहेको छ ।

यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सगरमाथा लुम्बिनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले पनि ३ अर्ब माथि बिमा शुल्क सङ्कलन गरेको छ । वैशाख महिनामा मात्रै निर्जीवन बिमा कम्पनीहरूले २ लाख १६ हजार ४०१ वटा बिमा लेख जारी गरेका छन् । यस्तै, हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेको, युनाइटेड अजोड र एनएलजी इन्सुरेन्सले पनि २ अर्ब माथि बिमा शुल्क सङ्कलन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्