अभिमन्यु गोल्छा नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा चयन

कृष्णानन्द भट्ट 

काठमाडौ। नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा एक समारोह वीच सम्पन्न भएको छ। उक्त साधारणसभाले अभिमन्यु गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। प्रार्थना साखःको अध्यक्षतामा सप्पन्न भएको साधारणसभा कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता र विभिन्न नेटवर्किङ कार्यक्रमको आयोजना गरिएको थियो।

साधारणसभाबाट नवनिर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मञ्चका नवनिर्वाचित अन्य  पदाधिकारीले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाको  अवसरको विषयमा प्रभावकारी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यसमितिको प्रथम उपाध्यक्ष आप्पा शेर्पा, दितीय उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यमा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष झा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल लगायतको कार्यसमिति चयन भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्