२०८१ भित्रै नयाँ दल खोल्ने हर्क साम्पाङको घोषणा

फाइल तश्वीर
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’