गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजनिक

काठमाडौं : गुरु पूर्णिमाको अवसरमा समस्त गुरुजनहरुको यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजन ‘गुरु चरणमा’ बीणा भक्ति युट्व च्यानलबाट सार्वजनिक भएको छ । सुमधुर स्वरकि धनी बबिना भट्टराईको स्वर र संगीत रहेको उक्त भजन रवि उपाध्यायले लिपिवद्ध गरेका छन् भने भजनको एरेन्ज रुविन श्रेष्ठले गरेका छन् । अकेष्टिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनको मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

गुरु पूर्णिमाको अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानल मार्फत सार्जजानिक भएको उक्त गुरु भजन ‘गुरु चरणमा’ नेपाली भजनप्रेमीहरुले मन पराउने गायिका तथा संगीतकार बबिना भट्राइले विश्वास लिएकी छिन् ।

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । 

आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?