माओवादी, एकीकृत समाजवादी र रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने , ओलीलाई संविधान विपरित प्रधानमन्त्री बनाइएको निष्कर्श

काठमाडौं : नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ। तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ।
सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर बनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६(३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६(२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्तरूपमा उठाउने सहमति भएको उनले बताए। सत्तापक्ष निरङ्कुश बन्नसक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने बताए।