महिला एसिया कप : नेपालको विजयी सुरुवात, युएई ६ विकेटले पराजित

काठमाडौं : नेपालले जारी महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।
अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।