बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट चारजना सम्मानित

काठमाडौँ : बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट चारजना सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।
राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।