तोलामा १८०० रुपैयाँ बढ्यो सुनको मुल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज भने तोलामा एक हजार ८०० रुपैयाँ बढेको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्