३१ किलोग्राम गाँजा बरामद

 काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ बिटमिनस्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ना.३५ प ७४७९ नम्बरको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएपश्‍चात प्रहरीले मोटरसाइकलमा रहेको झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?