कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ: कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

यो सेयर बैंकका कायम संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सो तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणका लागी  बिक्री गर्ने बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्