सुनको मूल्य तोलामा १६ सयले बढ्यो

काठमाडौँ :नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार)छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुँपैयाले बढेको छ । बिहीबार चाँदी प्रतितोला  १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्