खोलाले बगाएर बर्दियामा एकको मृत्यु

बर्दिया : बाँसगढी नगरपालिका-३ माहादेवा बस्ने ३५ वर्षीया पार्वती थारूको सोही ठाउँस्थित मानखोलाले बगाएर मृत्यु भएको छ ।
पार्वती र उनकै श्रीमान जागु थारूलाई उक्त खोलाले बुधबार दिउँसो बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बल सुरक्षा गण कतर्निया बर्दियाबाट खटिएको संयुक्त टोलीले जागुको सकुसल उद्दार गरी उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ पठाएको थियो ।
साथै पार्वतीको खोजी गर्ने क्रममा बाँके बैजनाथ गाउँपालिका-६ सिमलकुनास्थित खोलाको किनारमा बिहीबार शव फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।