काभा भलिबलः भारतको विजयी सुरुआत

काठमाडौं : काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतले विजयी सुरुआत गरेको छ।  त्रिपुरेस्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो। 

खेलको पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१९ ले खेल जित्यो। त्यसपछिको सेटमा इरानलाई २५–१० ले पराजित गरेपछि भारतको जित पक्का भयो।

प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्