नागरिक लगानी कोषको मुनाफा एक अर्ब
काठमाडौं : नागरिक लगानी कोषको खुद नाफा घटेको छ । कोषले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुदनाफा अघिल्लो आवको तुलनामा गत आवमा घटेको हो।
समीक्षा अवधिमा कोषले १ अर्ब १० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ९.९१ प्रतिशतले कम छ। अघिल्लो आवमा कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
गत आवको असार मसान्तसम्म कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४४ करोड २५ लाख रुपियाँ पुगेको छ भने अघिल्लो आवमा कोषले ब्याज आम्दानी बापत ३७ करोड रुपियाँ आर्जन गरेको थियो।
यसैगरी समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.प्रतिशत बढेर १ अर्ब ९२ करोड रुपियाँ भएको छ। अघिल्लो आवमा कोषले १ अर्ब ३९ करोड रुपियाँ कुल आम्दानी भएको थियो।
यो अवधिमा कोषको कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख पुगेको छ, जुन अघिल्लो आवमा ४४ करोड ३० लाख रुपियाँ मात्रै थियो।
नाफासँगै कोषको प्रति शेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषले प्रति शेयर आम्दानीमा २.२८ रुपियाँले घटेर २०.७५ रुपियाँमा सीमित भएको छ भने प्रति शेयर नेटवर्थ १७१.४५ रुपियाँ छ।
५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी कोषको जगेडा कोषमा भने १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।