'कामना गट ट्यालेन्ट ' कार्यक्रम सम्पन्न
काठमाडौं : काठमाडौं सानोभर्याङस्थित कामना इन्टरनेशनल स्कुलले 'कामना गट ट्यालेन्ट ' कार्यक्रम सम्पन्न गरेको छ । विध्यार्थीहरुलाई पढाईमा मात्रै सिमित नराखी विविध अतिरिक्त कृयाकलापमा समेत निपूर्ण बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रमलाई कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईले उद्धाटन गरेका हुन् ।
।
कार्यक्रममा कक्षा ३ देखी ५ सम्म जुनियर र कक्षा ६ देखी ९ सम्म सिनियर गरी दुई समूहमा विभाजन गरि गरिएको कार्यक्रममा वद्यार्थीहरुले फरक फरक विधामा आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
जुनियर तर्फ १०५ जना र सिनियर तर्फ १५० जना प्रतिस्प्रधी रहेको उक्त कार्यक्रममा दुबै तर्फ एक एक जना छात्रा र छात्राले उपाधी हात परे । कार्यक्रममा विध्यार्थीहरुले नृत्य , गीत , तेकाण्डो , मोडलिङ , चित्रकला आदीमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जुनियर छात्रातर्फ कक्षा ४ की कृपा पाण्डेले मिस कामना २०८१ र छात्र तर्फ कक्षा ४ कै युकी डङ्गोलले मिस्टर कामना २०८१ को ताज पहिरन सफल भएका छन । त्यस्तै गरी सिनियरमा छात्रा तर्फ कक्षा ७ कि चञ्चल शाहले मिस कामना २०८१ र छात्र तर्फ कक्षा ७ कै एम डि जेन शेकले मिस्टर कामना २०८१ को उपाधि हात पारे ।
विद्यालयले प्रत्येक शुक्रवार कुनै न कुनै अतिरिक्त कृयाकलाप गरिरहने भएता पनि यो कामना गट ट्यालेन्ट २०८१ कार्यक्रमले विध्यार्थीले पढाईको साथ साथै अतिरिक्त कृयाकलापमा सहभागी भई मनोवल बढने स्कूलका प्रिन्सिपल नवराज पाण्डेले बताए । आगामी दिनमा पनि स्कुल तहमा यस्ता कार्यक्रमको निरन्तरतता दिइने प्रिन्सिपल पाण्डेले बताए ।
अहिलेको परिवेशमा विध्यार्थीहरुलाई यस प्रकारको कार्यक्रम पनि आवश्यक रहने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुने पर्नेमा कामना क्षिक्षक अभिभावक संघका अध्यक्ष्य श्री बाबुराम पनेरुले जोड दिए ।
कार्यक्रममा विध्यार्थीहरुले नाटक मार्फत सामाजिक सन्जालले हाम्रो जीवनमा पार्ने नकारात्मक र सकारात्मक प्रभावको बारेमा पनि चेतना फैलाएका थिए ।
सानो भर्याङमा रहेको कामना इन्टरनेशनल स्कुल तथा कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा उपलव्ध गराउदै आएको छ । यस स्कूल तथा कजेजमा नर्सरीदखि कक्षा १२ तथा स्नातकतहमा शिक्षा, मानविकी तथा व्यवस्थापन संकायमा अध्ययन अध्यापन हुदै आएको छ ।।