टानको उपाध्यक्षमा सनम शेर्पाको दाबेदारी

कृष्णानन्द भट्ट 

काठमाडौ : ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा भगलिन्को लागि सम्बन्धित सरोकारवालाहरु विच हानथाप भैरहेको छ। चुनावमा भागलिनको  लागि ट्रेकिङ व्यवसायीको निकै चहलपहल हुदैछ। ट्रेकिङ ब्यवसायीको छाता संगठन टानमा चुनाव पर्यटन व्यवसायीको लागि विशेष बन्दै आएको छ र यसको नेतृत्व हत्याउन पर्यटन व्यवसायी मैदानमा उत्रिएर अनेकौं हत्कण्ठा अपनाउन थालेका छन्।

यसैको निम्ति एकजना होनहार पर्यटन व्यवसायी एवम् लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका ट्रेकिङ व्यवसायी सनम शेर्पाले पनि टानको उपाध्यक्षको दाबी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विशेष गरि पछिल्लो पटक टानमा गैर शेर्पाको बहुल्री रहेकोले उनले शेर्पा समूदायको  प्रतिनिधित्व हुने गरि उपाध्यक्षको उम्मेदवारी दिएका छन्। यतिखेर टानमा शेर्पाको उम्मेदवारीमाथी निकैले चासो देखाएका छन्। ट्रेकिङ व्यवसायमा शेर्पा समूदायबाट धेरै व्यवसायीको सहभागीता रहेतापनि टानको नेतृत्वमा शेर्पाहरु न्यून रहेकोेले पनि सनम शेर्पालाई टानको निर्वाचनमा फरक पात्र हुन्।

सनम शेर्पा नेपालको ट्रेकिङ व्यवसायमा निकै समयदेखि काम गर्दै आएका खुम्बु क्षेत्रका वासिन्दा हुन। उनको जन्म पनि सगरमाथाको खाख अर्थात खुम्बु क्षेत्रमा भएको हो। सामान्री परिवारमा जन्मिएका उनको  बाल्यकाल त्यहीको माटोमा बित्यो र त्यही उर्किए केही समय पश्चात्  ट्रेकिङ व्यवसाय अङ्गाले। उनी सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका वडा नम्बर ३ अर्थात चौंरिखर्कमा जन्मेका थिए। यो ठाउँ सगरमाथा बेसक्याम्प अर्थात सगरमाथा जाने मुख्य प्रवेश द्वार हो।

उनको बुबा दा ग्याल्जिङ शेर्पाले लामो पर्यटन व्यवसायमै काम गरेका थिए। सगरमाथाको मुख्य प्रवेशद्वारको रुपमा परिचित खुम्बु क्षेत्रमा आफ्नो बुवाको व्यवसाय र पर्यटकीय चहपहल वीच ऊनी हुर्किएका थिए। बुबाले खुम्बु पुगेका पर्यटकको भारी बोक्ने काम गर्दै आएका थिए भने सनमले बाल्यकालदेखि नै  पर्यटकलाई आवरजावत गरेको  देख्थे पछि ठुलो हुदै गरेपछि उनको पनि त्यही क्षेत्रमा रुचि बढेको बताउँछन्। जसले गर्दा उनको पनि यसै व्यवसायमा चासो बढ्न थाल्यो

तर केही समयपछि उनको परिवारको बसाईं काठमाडौंमा सर्यो र त्यही रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न थाले। उनी काठमाडौ मै स्कुल पढ्न थाले र उनको ध्यान मार्शल आर्ट्सतर्फ ध्यान केन्द्रित भयो।

 विस्तारै उनी खेलकुद क्षेत्रमा रमाउन थाले तर उअनको परिवार भने उनलाई ट्रेकिङमा जान  आग्रह गर्न थाले। त्यो समयमा शेर्पा बाहेक अन्य समुदाय ट्रेकिङमा जादैन्थे। त्यसैकारण  उनका बुवाले उनलाई पनि ट्रेकिङमै लगाउन चाहन्थे। केही समयपछि बुवाको आग्रहलाई स्विकार्दै उनी खेल छाडेर एसिस्टेन्ट गाइडको रुपमा ट्रेकिङमा काम गर्न थाले। उनको त्यतिखेर उमेर २० मात्रै थियो।

सनम शेर्पाले एसिस्टेन्ट गाइडको काम आफ्नै काकासँग गरेका थिए। केही वर्षपछि उनले दाइले सञ्चालन गर्दै आएको हिमालयन शेर्पा एड्भेञ्चरमा काम गर्न थाले र त्यहाँ उनले बेसक्याम्पसम्म ट्रेकिङ जानेलाई गाइड गर्न थाले। सो काम उनले १० वर्ष गरे र त्यसपछि  सन् २००७ मा आफ्नै कम्पनी अल अराउण्ड ट्रेक्स सुरू गरेका थिए। यो कम्पनीले यतिखेर  पनि ट्रेकिङको काम गर्दै आएको छ।

उनले यतिखेर काठमाडौको कपन स्थित याङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यसबाहेक उनले समाजिक काममा सहयोग गर्दै आएका छन्। उनी शेर्पा पर्यटन व्यवसायी संघका समेत उपाध्यक्ष हुन्। उनले टान बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेको छन्। उनी शेर्पा समूदायको विभिन्न संघ सस्थामा समेत आवद्ध छन्। हरेक क्षेत्रको अनुभव बोकेका सनम शेर्पाले आफू टानको उपाध्यक्षको निम्ति योग्य रहेको दाबी गरेका छन्।

नेपालको ट्रेकिङ व्यवसायमा सबैभन्दा ठूलो योगदान शेर्पा समुदायबाट भएको दाबी गर्दै ऊनी टानमा शेर्पा समूदायको प्रतिनिधित्व निकै कम हुनु दुस्खद हो भन्नू हुन्छ। त्यसैले यो सस्थामा शेर्पाको बहुल्यता आवश्यक रहेको उनको दाबी छ। आफु समग्र शेर्पा समूदायको उम्मेदवार रहेको सनम शेर्पाले दाबी गरेका छन्।

उमेरले साँढे दुई दशक पार गरेता पनि आफुले जिवनको आधा भन्दा बढी समय यहीँ  ब्यवसायमा लागेर वितेको उनको दाबी छ। यो ब्यवसायमा रहेका विकृति र विसंगतीलाई नजिकबाट निहाली रहेका सनम शेर्पा टानको उपाध्यक्षको निम्ति आफू योग्य रहेकोे र यो पदमा पुगेपछि ट्रेकिङ क्षेत्रका समस्यालाई  समाधानको निम्ति आफू लागि पर्ने बताउँछन्।

यो क्षेत्रको विकास र विस्तारका लागि नीति निर्माणको कार्यान्वयनको लागि आफूले टानमा उम्मेद्बारी घोषणा गरेको बताउँछन्। आफ्नो विजयी सुनिश्चित भए यो क्षेत्रका विषयवस्तुमा निरन्तर आवाज उठाउने र नीति निर्माण कार्यान्वयनमा दवाव दिने बताउदै उनले समग्र पर्यटन क्षेत्रको विकास र समृद्धिमार्फत यो क्षेत्रको विकास र विस्तारमा पहल गर्ने उनको दाबी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्