प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७४ अंकले बढेर २७४०.२१ विन्दुमा पुगेको छ।

यो समयमा ४७ स्क्रिप्सको ४ हजार ५६७ कित्ता सेयर २५ लाख ८० हजार ४४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २० स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य स्थिर रहेको छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्