प्री ओपन सेसनमा नेप्से परिसूचक दुई अंकले बढ्यो
काठमाडौँ : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक २.०२ अंकले बढेर २६४८.०६ विन्दुमा पुगेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५१ अंकले बढेको छ।
प्री ओपन सेसनमा ३२ स्टक्सको १ हजार ४९८ कित्ता सेयर ७ लाख १७ हजार १९४ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये १२ स्टक्सको मूल्य बढेको छ भने १७ स्टक्सको मूल्य घटेको छ। यो समयमा बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।