फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौँ : सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार एक हजार रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ  कायम भएको हो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा एक हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर एक हजार ७८० रुपियाँमा कारोबार  भइरहेको महासङ्घले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्