इसेवा र फोनपोइन्टविच डिजिटल कारोबारमा प्रारम्भिक साझेदारी

काठमाडौं : नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यकासाथ इ-सेवाले फोन-पोइन्टसँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिईने लौयल्टी प्वाइन्टस् लाई एकीकृत गर्ने विकल्पका साथ यो सहकार्य गर्न लागिएको हो ।
फोन-पोइन्ट प्रमुख कार्यकारी अधिकृत (सीइओ ) सागर पौडेलका अनुसार, यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्ट एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ । उनले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै फोनपोइन्टको विस्तार गर्न सहयोग गर्न सक्ने कुरा जोड दिए ।
एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।
प्रयोगकर्ताहरूले फोन-पोइन्ट वा पार्टनर एप मार्फत आफुले कमाएको फोन प्वाइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवोलोकन गर्दै फोनपोइन्ट प्रयोग गरि आफुले चाहेको अफरहरु प्राप्त गर्न सक्नेछन् जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । ८६ लाखभन्दा बढी ग्राहकहरू, २ लाख ३८ हजार+ एजेन्टहरू, र ४९ बैंकहरूको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो ।
फोन पे नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ । क्यूआर कोड भुक्तानी, फण्ड ट्रान्सफर, र अन्य भुक्तानी सेवाहरू माफर्त फोन पे ले प्रयोगकर्ता र व्यापारीहरूको भुक्तानी अनुभवलाई सहज बनाएको छ ।