प्रदेश सरकारको राहतकोषमा करुणा फाउण्डेशनको १० लाख रुपैयाँ सहयोग

काठमाडों : प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा सुनसरी इटहरीस्थित करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुननिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । 

आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरे ।  

बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ ।  मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि  फाउन्डेसनले सहयोग  गरेर सुरुवात गरेकोमा धन्यवाद दिए । मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे ।

 करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धि काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मा लगायतको  सहभागिता थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्