नबिल बैंकले १० प्रतिसत नगद लाभांश वितरण गर्ने
काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १० प्रतिसतनगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११ प्रतिसत नगद लाभांश वितरण गरेको थियो ।