निफ्राले यसपटक लाभांश नदिने

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । यस बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

 बैंकले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि निफ्राले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।  


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?