नेपाल लाइफकोे एक दिवसीय विजनेश रिभ्यू मेट सम्पन्न
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय विजनेश रिभ्यू मेट सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१-८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनी संचालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको बताए ।
कार्यक्रमामा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए ।
। उनले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिटिलाइजेसनको कार्य थालनी गरिसकेको बताए ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कम्पनीले ग्राहकहरूको सुविधालाई थप प्रभावकारी ढंगले प्रवाह गर्नका निम्ति अहिलेको नविनतम प्रविधिको प्रयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता प्रदान गर्ने बताए ।