आउँदो कार्यकालमा ट्रम्पले जोस र होस दुवै सम्हाल्नु पर्छ
आर.के त्रिपाठी
ट्रम्पलाई बधाई दिंदा मेरो आँखा अगाडी उनको विगत,वर्तमान नीति र विश्वमा पार्ने थप प्रभाव बारे केही कुरा मनमा खेलिरहेका छन् । मनले सूक्ष्म मनन गर्दा मनले निकालेको निष्कर्श हो आउँदो कार्यकालमा ट्रम्प संयमित हुन जरूरी छ। ट्रम्पको नीतिले अमेरिकी रुचि र स्वार्थलाई केन्द्रमा राख्नेछ।यसले विश्वव्यापी सुरक्षा,व्यापार र कूटनीतिमा ठूलो असर पार्न सक्छ।
रसिया-युक्रेन युद्ध २४ घन्टामा समाप्त गर्ने प्रतिज्ञाको कार्यान्वयन ट्रम्पले चुनावी भाषण गरे जस्तो सजिलो छैन। अघिल्लो कार्यकालमा उत्तर कोरियासँग वार्ता होस् वा चीनसँग व्यापार युद्ध हुँदै सम्झौता,अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती होस् वा इरान सम्झौता खारेज,ट्रम्पका निर्णयहरू परम्परागत अमेरिकी नीति र अभ्यासको विरोधी निर्णय थियो। ट्रम्पले अघिल्लो कार्यकालकै नीति अघि बढाउँछन् कि त्यतिबेलाको अनुभवबाट सिकेर अगाडि बढ्छन् ? हेर्नुपर्छ। ट्रम्पको विजयले लोकतन्त्रको भविष्यलाई अझै चुनौती दिने र त्यसको बाछिटा नेपालसम्म पनि आई पुग्न सक्छ र अमेरिका-चीन र अमेरिका-भारत सम्बन्धको प्रभाव नेपालले व्यहोर्नुपर्ने र यस्तो अवस्थामा अमेरिकाले नेपाल नीति नबदले पनि भारत वा चीनसँगको नीतिले नेपाल लाई प्रभाव पार्न सक्छर जसले अमेरिकामा स्थायी बसोबासको अनुमति पाएका छैनन्,ट्म्पको आप्रवासन नीतिमा कडाइले त्यहाँ रहेका नेपाली एवं विश्वभरबाट अमेरिका आएका आप्रवासीहरू प्रभावित हुन सक्छन् ।
ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले युक्रेनको अहिलेको सरकार र नेतृत्व संसारकै सबैभन्दा भ्रष्ट भनेर अभिव्यक्ति दिने गरेका छन् । यस्तो अवस्थामा ट्रम्पको युक्रेन -रसिया युद्ध निती कस्तो हुन्छ ? त्यस नितीले विश्व राजनितीमा प्रभाव पार्नेछ। ट्रम्प इरानका कट्टर विरोधी हुन् । इजरायल-लेवनान-इरान( हिजिबुल्लाह-हमास ) सिरिया युद्धमा ट्रम्पको पूर्व नितीमा फेरबदल नभए इजरायल-इरान युद्ध बढ्नेछ।यो ध्रुविकरणले विश्वयुद्ध पनि निम्त्याउन सक्छ।किनकी ट्रम्प अर्को नेतान्याहु हुन् वा ट्रम्प र नेतान्याहु दाजुभाई जस्तै हुन्।
चुनाबको बेला ट्रम्प ले चीनको उत्पादनमा ६० प्रतिशत र अन्य देशको उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणाले चिन र अमेरिका विच व्यापार युद्ध बढ्न सक्छ। यसको असर विश्व राजनितीमा परि नेपाललाई प्रभाब पार्न सक्छ। ट्रम्प को अभ्यास कुनै निश्चित दिशामा जाने,आफ्ना मित्र राष्ट्रसँग थप मजबुत सम्बन्ध बनाउने भन्दा पनि त्यसलाई भत्काउने र नयाँ बनाउनेमा धेरै ध्यान दिने देखिन्छ र त्यसले लामो रूपान्तरणमा जाने र अस्थिरता सिर्जना गर्ने देखिन्छ । यसको असर विश्व राजनितीमा परि नेपाल लाई प्रभाब पार्न सक्छ। पेरिस सम्झौता,इरान सम्झौता,ट्रान्स-प्यासिफिक पार्टनरसीप,विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघीय संस्थाहरूमा लगानी खुम्च्याउने पहिलो कार्यकालको निती दोहरिए यसको असर विश्वभर पर्ने देखिन्छ। उनको को विगतको यो नितीले अमेरिकाको शान केहि हद खस्केको थियो तर दोश्रो कार्यकालमा यो निती परिवर्तन गर्नु पर्ने देखिन्छ ।
उनको को अघिल्लो कार्यकालमा अरु देशहरूमा निर्मित आयातित वस्तुहरूमा भन्सार शुल्क बढाउने नीतिले व्यापार युद्ध,मूल्य वृद्धि,वित्तीय बजारमा अस्थिरता, अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव जस्ता असर देखा परि विश्वका ठूला ठूला उद्योगहरू प्रभावित भए।यो मार भारतले पनि खेप्नु पऱ्यो। भारत-अमेरिकाको संबन्ध जो वाईडेनको कार्यकालमा थप विग्रियो।अहिले भारत-चिन-रसिया एलाइन्समा अलि बढि झुकाब राखी अमेरिका लाई दवाब दिईरहेछ। मोदी - ट्रम्प निती अव कस्तो हुन्छ ? यसले पनि विश्व राजनिती लाई असर पर्ने देखि रहेछ । आशा राखौं मोदी -बाईडेन विच बिग्रियको संबन्ध मोदी -ट्रम्प नितीले सुधार ल्याउने छ।
ट्रम्प चुनाबी सभामा मा विश्व बजार बाट आयात हुने बस्तुको भन्सार कर बढाउँछु भनिरहेछन्।यो नितीलाई निरन्तरता दिन्छु भनिरहेछन् ।यसको नकारात्मक प्रभाव अन्तराष्ट्रिय बजारमा पर्ने देखिन्छ। उनको अघिल्लो कार्यकालयमा नेटोको कटु आलोचक थिए। नेटोसंग अमेरिकाको संबन्ध ट्रम्प को अघिल्लो कार्यकालमा विग्रियको थियो। ट्रम्पले नेटोलाई अमेरिकाले दिने सहयोग नै रोकि दिए। सैन्य गठबन्धनका अन्य देशले खर्च नगरिरहेको अवस्थामा अमेरिकाले मात्र खर्च गरियूरोप राष्ट्रको सुरक्षा गरि दिन अमेरिकी जनताबाट जम्मा हुने रकमको ठूलो खर्च नेटोमार्फत अमेरिकाले गरि रहन सक्दैन भन्दथे। नेटो लाई हरेक बर्ष दिने खर्च नै रोकि दिए। नेटोनै विघटन गर्नु पर्दछ भन्ने ट्रम्पको नितीमा परिवर्तन आएन भने अमेरिका-युरोप वा यूरोपियन एलाइन्स संबन्ध अरु विग्रन सक्छ।त्यो अवस्थामा रसियाले युक्रेन माथी अझै धावा बोल्न सक्छ। युद्ध लम्वियो भने यसको असर विश्वभर थप पर्नेछ। ट्रम्पले यो युद्ध अन्त्य गर्न के भुमीका निर्वाह गर्दछन् हेर्न बाँकी नै छ ।
वाईडेन- उत्तर कोरिया संबन्ध थप विग्रियको अवस्था छ। ट्रम्प उत्तर कोरियाको राष्ट्रपतीलाई नाती भन्छन् र उत्तर कोरियाले रसियामा युक्रेनसंग युद्ध लड्न सेना पठाएको छ। यसमा ट्रम्प-उत्तर कोरिया निती के हुन्छ ? त्यो हेर्न बाँकी नै छ।
अघिल्लो कार्यकालमा संयुक्त राष्ट्र संघीय संस्थाहरूमा अमेरिकी सहयोग खुम्चाई दिए। यसको असर विश्व पर्यावरण, मा पऱ्यो। अब के गर्दछन् ? हेर्न बाँकी छ। ट्रम्प पुराना अन्तर्राष्ट्रिय सम्झौताबाट निस्कन र नयाँ गर्ने बाटोमा हिंड्न सक्छन्। पेरिस सम्झौता,इरान सम्झौता, ट्रान्स-प्यासिफिक पार्टनरसीप,विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघीय संस्थाहरूमा लगानी खुम्च्याउने जस्ता निर्णयका कारण विश्व राजनीति मै असर परेको थियो।अब यो निती के गर्दछन् ? त्यसले पनि प्रभाब पार्नेछ।
ट्रम्प को अघिल्लो कार्यकालमा संयुक्त राष्ट्रसंघ,विश्व व्यापार संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले अमेरिकाको हित विपरीत काम गरेको ट्रम्पको बुझाइ थियो।ट्रम्पको यो बुझाईको कारण विश्वभर राजनीतिक अस्थिरता,जलवायु परिवर्तन र विश्व स्वास्थ्यमा असर जस्ता मूल्य विश्वले चुक्ता गर्नुपरेको थियो।अब यो निती के गर्दछन् रुत्यसले पनि प्रभाब पार्नेछ। पहिलो राष्ट्रपतीय कार्यकालमा आफ्नै गठबन्धनका देशहरूलाई ट्रम्प गाली गरिहिंड्थे तर अब ट्रम्प को बानी सुध्रन्छ वा सुध्रन्न , त्यो बानीले विश्व राजनिती लाई प्रभाब पार्नेछ ।
अमेरिकाको सर्वोच्च अदालतमा ट्रम्पको धेरै अपराधका मुद्दा छन् तर ट्रम्प र उनका समर्थक भविष्यमा हुने सर्वोच्च अदालतको निर्णय ट्रम्पबिरुद्ध आए ट्रम्प र उनका समर्थक स्विकार गर्न तयार छैनन् र धावा बोलि रहेछन्।यदि भविष्यमा त्चगmउ र उनका समर्थकले विगतको चुनाब हार परिणाम स्विकार नगरि धावा बोले जस्तै भविष्यमा सर्वोच्च अदालतको निर्णय विरुद्ध धावा बोले भने अमेरिकी सडकमा आगो बल्नेछ।अमेरिका आफै गृह युद्धमा फस्नेछ।प्रजातन्त्रको धज्जी उड्नेछ।यसको प्रभाव संसार भर पर्नेछ।
जे होस मैले मन नपराय पनि ट्रम्पले जिते। तर उनी धेरै संयमित हुन जरूरी छ।विश्व राजनितीमा सक्षम नेतृत्व दिन सफल होऊन भन्दै शुभकामना व्यक्त गर्दछु। बधाई एवं हार्दिक शुभ कामना ट्रम्पजी लाई।