टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

काठमाडौं :  टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टमा उत्साहजनक सहभागीता रहेको थियो ।  

फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो ।  

डिजिटल इन्नोभेसन, स्टिम क्याम्प र रोबो सकरमा अवलोकनकर्ताको घुँइचो थियो । २ दिनसम्म सञ्चालन भएको कार्यक्रम १५ हजार बढीले अवलोकनकर्ताले अवलोकन गरेका छन् । 

रोबो सकर प्रतियोगितामा टेकस्पायर कलेजको टिम द रुलिङ ब्याइज विजेता र युनिग्लोबल कलेजको टिम टर्बो एक्स उपविजेता भएका छन् । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । इन्जिनियरिङ भ्लग्सले व्यवस्थापन गरेको रोबो सकर प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए । 

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्