शेयरवजारमा उत्साहजनक सुधार,८ कम्पनीमा सर्किट, कारोबार रकम पनि बढ्यो

काठमाडौँ :  नयाँ नेतृत्व पाएसंगै शेयरवजारमा उत्साहजनक सुधार देखिएको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.८१ अंकले बढेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ३.३०, फ्लट इन्डेक्स २ र सेन्सेटिभ फ्लट इन्डेक्स १.११ अंकले बढेको छ ।

आज ८ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको हो । 

यस्तै सुपर म्यादी हाइड्रो र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ भने मिथिला लघुवित्तमा भने नकारात्मक सर्टिट लागेको छ ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये १९९ कम्पनीको शेयर बढेको छ भने ४० कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै ५ कम्पनीको शेयर स्थिर रहेको छ ।

यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?