फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ।
यी दुवै कम्पनीहरूले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर १४ गते) बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै यी कम्पनीहरूको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
फरवार्ड लघुवित्तले हाल कायम चुुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न मंसिर २८ गते शुक्रबार सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभा हलमा बिहान ११ बजेदेखि सभा बस्दैछ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय पारित गर्न पुस ६ गते इटहरी– ४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा बस्दैछ।