सेयर बजार सामान्य अंकले घट्यो, ८ अर्ब ५४ करोडको बराबरको कारोबार

काठमाडौँ : सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले बढेर २७४८.०५ बिन्दुमा बन्द भएको हो। आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । 


 






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?