नेपाल ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा फिन्फण्डको एकसय ४२ करोड लगानी
कृष्णानन्द भट्ट
काठमाडौं : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ कम्पनी फिनफण्डले एक करोड युरो अर्थात एकसय ४२ करोड रुपियाँ शेयर लगानी गरेको छ।
यसअघि पनि बेलायती एक कम्पनीले वर्ल्डलिंकमा लगानी गरेको थियो। यतिखेर वर्ल्डलिंकमा प्रत्यक्ष विदेशी लगानी एफडीआईको झण्डै २० प्रतिशत पुगेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
नेपाल अधिराज्यभरि फाइबर नेटवर्क विस्तार तथा विश्वस्तरीय डेटा सेन्टर सञ्चालनको लागि फिनफण्डले लगानी गरेको छ। फिनल्याण्डको वैदेशीक व्यापार तथा विकास मन्त्री भिले ट्याभियोको उपस्थितिमा लगानी सम्वन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरेको हो।
वर्ल्डलिङ्कका अध्यक्ष अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक एवं डिजिटल इन्फ्रास्ट्रक्चर तथा समाधान पोर्टफोलियो प्रमुख कुट्टि किल्पेलेइनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
अग्रवालले फिनफण्डको लगानी नेपालका हरेक कुनामा तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्क पुर्याउन कोसेढुङ्गा साबित भएको बताउँदै ‘फाइबर नेटवर्क विस्तार र विश्वस्तरीय डेटा सेन्टर स्थापना गरेर सहर र ग्रामीण क्षेत्र बीच डिजिटल ग्याप हटाउन र देशभर डिजिटल रुपान्तरणलाई गर्ने बताए।
सर्वसाधारणका लागि शेयर निष्काशनको योजना बनाएकोले वर्ल्डलिंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत लगानी ल्याउने प्रयास भएको बताए।