सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले कालकायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूमा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्