कुमारी बैंक र भिजन कार्टबीच ४० प्रतिशतसम्म छुटको सम्झौता

काठमाडौँ : कुमारी बैंक लिमिटेड र बूढानीलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै कुमारीका ग्राहकले क्लिनिकबाट प्रदान गरिने सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।​​

भिजन कार्टबाट कुमारी बैंकका ग्राहकले ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार रुपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट पाउनेछन् । 

साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखासम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइनेछ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

साथै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?