एनआइएमबि एस क्यापिटलद्धारा २५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ : एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ ।

सभा यस क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?