यू-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं : एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकासँग नेपाल ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटिन पुग्यो ।

नेपालका मयन यादवले सर्वाधिक ६२ रन बनाए पनि हार टार्न भने सकेनन् । उनले ९१ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काए । उनीबाहेक नेपालमा आकाश त्रिपाठी १९, उत्तम रंगु थापामगर १७ र नरेन साउद १६ रनमा पभेलियन फर्किए ।

श्रीलंकाका प्रभिन मनिषले सर्वाधिक तीन विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।श्रीलंकाका शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अबेसिंघे ५० रन जोडेका थिए ।

नेपालका सन्तोष यादवले सर्वाधिक चार विकेट लिएका थिए भने युवराज खत्रीले दुई र नरेन साउदले एक विकेट हात पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्