फिफा वरीयतामा नेपालले एक स्थान सुधार
काठमाडौं : फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयता अनुसार नेपाल एक स्थान सुधार गर्दै १ सय ७५ औं स्थानमा आइपुगेको छ ।
सार्क राष्ट्रहरुमा नेपाल भन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बंगलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं, श्रीलंका २ सयौं स्थानमा रहेका छन् ।
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिक पाँचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी १० औं स्थानमा छन् ।