निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु

काठमाडौं : निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। 

पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। 

मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्