आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न निर्देशन  दिएका छन्। वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले वैद्यखानाका कर्मचारीहरुलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए। “बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ ? आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्”, उनले भने, “बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस ।”

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्