फोनपेबाट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट

काठमाडौँ : फोनपेले आफ्नो अभियान ‘नेट सेट गो ! ’ सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु रहेको छ ।यो योजनामा सहभागी हुनका लागि  ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।

यस अभियान अवधि  २०८१ पौष २९(मसान्त)सम्म रहेको छ भने अभियानका क्रममा लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ । जसअनुसार ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।

यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको फोनपेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्