चौथो टेस्टमा भारतविरुद्ध अस्ट्रेलियाको आकर्षक जीत

काठमाडौं : अस्ट्रेलियाको मेलबर्नमा जारी भारत तथा अस्ट्रेलियाबीचको चौथो टेस्टमा अस्ट्रेलिया विजयी भएको छ । सोमबार दिउँसो अस्ट्रेलियाविरुद्ध भारत १८४ रनले पराजित भएको हो । खेलको चौथो दिन अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टीम १५५ रनमै आउट भएको हो ।
यस अघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो भने त्यसको जवाफमा भारतले ३६९ रन बनाएको थियो ।पहिलो इनिंगमा १०५ रनको अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २३४ रन बनाएपछि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।
अस्ट्रेलियाको यो जितपछि बोर्डर–गावस्कर ट्रफीमा अस्ट्रेलियाले २-१ ले अग्रता हासिल गरेको छ । जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।
अब सिरिजको पाँचौं तथा अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने छ ।