यू-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं : जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुने यू-१९ महिला टी-२० विश्वकपको लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेतृत्व पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीमा उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनले सम्हाल्नेछिन्। गत डिसेम्बरमा मलेसियामा सम्पन्न एसीसी यू-१९ महिला एसिया कप खेल्ने १५ खेलाडीलाई नै विश्वकपको लागि निरन्तरता दिइएको छ।
यसअघि, गत नोभेम्बरमा यूएईमा सम्पन्न विश्वकप एसिया छनोट प्रतियोगितामा उपाधि जित्दै नेपालले पहिलो पटक यू-१९ महिला विश्वकपमा स्थान सुरक्षित गरेको थियो।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन्।
नेपाली टोलीमा महतो (कप्तान), पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादवरहेका छन् ।यसैगरि सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत टोलीमा समेएिका छन् ।।