प्रतितोला १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं :लगातार ३ दिन बढेको सुनको भाउ आज भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।  

यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्